अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४० | Colorodo: 16:55

नेपाली क्रिकेट टोलीको घोषणा

बिआरटीनेपाल २०७३ चैत २ गते २२:५० मा प्रकाशित

काठमाडौँ, चैत २ गते । बङ्गलादेशमा हुने एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

यही चैत १२ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि वैंकटपति राजु, मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको छनौट समितिले आज चार वैकल्पिक खेलाडीसहित टोलीको घोषणा गरेको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि कप्तान खड्काले उक्त प्रतियोगिता नखेल्ने यसअघि नै घोषणा गरिसकेका छन् । त्यस्तै प्रतियोगितामा कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् भने उपकप्तान शरद भेषवाकार रहेका छन् ।

छनौट गरिएका अन्य खेलाडीमा विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आषिफ शेख, अविनाश कर्ण, सुनिल धमला, भुवन कार्की, सुशन भारी, दीपेश श्रेष्ठ र दिलीप नाथ रहेका छन् ।

त्यसै गरी वैकल्पिकतर्फ कुशल भुर्तेल, जितेन्द्रकुमार मुखिया, राजेश पुलामी र सुशील कँडेल छन् । उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’मा परेको छ । नेपालको समूहमा पाकिस्तान, बङ्गलादेश र हङकङ रहेका छन् । रासस

फायल फोटो

प्रतिक्रिया