अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

सचिन तेन्दुलकरले भेटे प्रधानमन्त्रीलाइ

बिआरटीनेपाल २०७६ मंसिर १ गते ८:३३ मा प्रकाशित

चर्चित क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । क्रिकेटर तेन्दुलकरले भेटको खबर प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत सार्वजनिक गर्नुभएको छ । उहाँले सचिनलाई भेट दिएको तस्वीर पनि सार्वजनिक गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले ‘प्रसिद्ध क्रिकेट खेलाडी र युनिसेफको सद्भावना दूतसँगको भेटले खुशी लागेको’ उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सचिनले बाल अधिकारको संरक्षण र उनीहरूको हितका लागि नेपालमा गरेका प्रयासको सराहना पनि गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को कार्यक्रममा सरिक हुन सचिन तेन्दुलकर नेपाल आउनुभएको हो । युनिसेफका दक्षिण एसिया सद्भाव दूत सचिनलाई बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागि हुन युनिसेफले नेपाल बोलाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू