अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३२ | Colorodo: 18:47

म्यानचेष्टर युनाईटेड युरोपा लिगको अन्तिम ३२ मा प्रवेश

बिआरटीनेपाल २०७६ कार्तिक २२ गते ७:४१ मा प्रकाशित

म्यान्चेष्टर युनाईटेड युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ । गएराति भएको समूह ‘एल’को खेलमा सर्वियन क्लब पार्टिजन बेलग्रेडलाई ३–० गोल अन्तरले हराउँदै युनाईटेडले अन्तिम ३२ मा आफ्नो स्थान बनाएको हो ।

युनाईटेडलाई जित दिलाउन ग्रिनउड, एन्थोनी मार्टियल र रासफोर्डले गोल गरे । समूह ‘एल’को शीर्ष स्थानमा रहेको युनाईटेडले ४ खेलबाट १० अंक जोड्यो । उसले तेस्रो स्थानको पार्टिजन बेलग्रेडसँग ६ अंकको अग्रता लियो । लिगमा अब दुई चरणका खेलमात्र बाँकी छन् ।

यस्तै गएराति नै भएका अन्य खेलमा स्पेनिस क्लब सेभिया र स्पान्योल पनि नकआट चरणमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू