अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२१ | Colorodo: 13:36

साफ यु–१५ फुटवल – नेपाल बंगलादेशसंग २–१ गोल अन्तरले पराजित

बिआरटीनेपाल २०७६ असोज २४ गते ७:२८ मा प्रकाशित

साफ यू–१५ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको हो । बंगलादेशले खेलको पहिलो हाफमा दुई गोल गरेको थियो ।

बंगलादेशका लागि खेलको १२ औँ मिनेटमा साहेद अक्तर रिपाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै खेलको २५ औँ मिनेटमा बंगलादेशकी कप्तान सेमसुनहारले पेनाल्टीमार्फत गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन् ।

यता नेपालका लागि खेलको ६४ औँ मिनेटमा अमिषा कार्कीले एक गोल फर्काइन् । नेपाल प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोलले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू