अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३४ | Colorodo: 21:49

टी–२० विश्वकपका लागि भारत, इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाको टोली घोषणा

बिआरटीनेपाल २०८१ वैशाख १८ गते ७:१७ मा प्रकाशित

आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि भारतको टोली घोषणा भएको छ । टी–२० विश्वकपका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आज रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । भारतको टोलीमा कप्तान रोहित शर्मासँगै यशस्वी जयसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सन्जु सामसन, हार्दिक पान्ड्या, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चाहल, अर्शदीप सिंह, जसप्रीत बुमराह, मोहम्मद सिराज छन् । यस्तै शुभमन गिल, रिङ्क सिंह, खलील अहमद र आवेश खानलाई वैकल्पिक खेलाडीका रूपमा राखिएको छ ।

यस्तै इङ्ग्ल्यान्डले पनि टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ । इङ्ग्ल्यान्डको टोलीका कप्तान जोस बटलरसँगै मोइन अली, जोफ्रा आर्चर, जोनाथन बेयरस्टो, ह्यारी ब्रुक, साम करन, बेन डकेट, टम हार्ट्ली, विल ज्याक्स, क्रिस जोर्डन, लायम लिभिङस्टोन, अदिल रशिद, फिल साल्ट, रेस टप्ली र मार्क वूड छन् । इङ्ग्ल्यान्ड साविक विजेता टाेली हाे ।

यसैगरी दक्षिण अफ्रिकाले पनि टोली घोषणा गरेको छ । दक्षिण अफ्रिकाको टोलीमा कप्तान एडन मार्करमसँगै ओटीनेल बार्टम्यान, गेराल्ड कोट्जी, क्विन्टन डी कक, बिजोर्न फर्ट्युन, रेजा हेन्ड्रिक्स, मार्काे जानसेन, हेनरिच क्लासेन, केशव महाराज, डेभिड मिलर, एनरिच नोर्ट्जी, कागिसो रबाडा, रायन रिकेल्टन, तबरिज शाम्सी र ट्रिस्टन स्टुब्स छन् ।

नवौँ संस्करणको टी–२० विश्वकपका लागि न्युजिल्यान्डले हिजो टोली घोषणा गरिसकेको छ । टी–२० विश्वकप क्रिकेट यही जुन/जुलाईमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू