अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

बडीबिल्डिङमा इतिहास रच्दै नेपाल फर्किइन् रजनी श्रेष्ठ

बिआरटीनेपाल २०७६ असोज १६ गते ९:२६ मा प्रकाशित

इन्डोनेसियामा सम्पन्न ५३औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दुई पदक जित्दै इतिहास रच्न सफल खेलाडी रजनी श्रेष्ठ स्वदेश फर्किनुभएको छ । रजनी बिहिबार अपरान्ह स्वदेश फर्कनुभउको हो । रजनीसँगै अफिसियलमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारी पनि स्वदेश फर्किनुभएको छ । बताममा भएको च्याम्पियनसिपमा रजनीले दुई फरक विधामा पदक जित्दै इतिहास रच्नुभएको थियो ।

रजनीले ५५ केजी तौल समूहमा रजत पदक जिजित्नुभएको थियो । त्यस्तै रजनीले ३० वर्ष वा सो भन्दा माथिको समूहमा पनि काँस्य पदक जित्दै इतिहास रच्नुभएको थियो । रजनीले गत साउनमा नेपालमा आयोजना भएको १२ औं दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपको महिला एथ्लेटिक्स फिजिकमा काँस्य पदक जित्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू