अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

अल्ट्रा धावक मिरालाई ग्रिन क्लबको सम्मान

बिआरटीनेपाल २०७३ मंसिर २८ गते २२:३५ मा प्रकाशित

काठमाडौँ । ग्रिन इन्टरनेसनल क्लबले नेसनल जियोग्राफी च्यानलको एड्भन्चर्स अफ दि एअर अवार्डको मनोनयनमा पर्नुभएकी अल्ट्रा धावक मिरा राईलाई सम्मान गरेको छ । क्लबका अध्यक्ष रमेशचन्द्र राईको अध्यक्षतामा मीरा राईलाई जिताउनका लागि धुलिखेलमा आयोजित पिकनिक कार्यक्रममा उहाँलाई सम्मान गर्नुभएको हो । सम्मानपछि क्लबका अध्यक्ष राईले सूचना प्रविधिको युगमा नेपालभित्र मात्र नभएर संसारमा रहेका नेपालीहरुसँग भोट दिलाउन पहल गर्न सम्पूर्ण सदस्यहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा मीरा राईले ग्रिन इन्टरनेसनल क्लबले गरेको सहयोग सम्मानले ठुलो नैतिक सहयोग भएको बताउनुभयो । कार्यक्रममा उहाँले यसरी नै नेपालीको साथ पाएमा आफूले एड्भान्चर अवार्ड जित्ने विश्वास व्यक्त गर्नुभयो । photo-2

कार्यक्रममा संस्थाका महासचिव खगेन्द्र राईले संसारका जनताले भोट दिन पाउने भएकोले नेपालीले मात्र नभएर विदेशमा बस्ने नेपाली नागरिकले अन्य मुलुकका नागरिकसँग पनि भोट माग्न पहल गर्नुपर्ने बताउनुभयो । त्यसै गरी संस्थाका सल्लाहकार नायक नवल खड्काले मीरालाई जिताउन सबै नेपालीको कर्तव्य हो भन्नुभयो । यसै गरी फोटोहेरा डटकमका फोटोग्राफर आङकाामी शेर्पाले ग्रिन इन्टरनेसनलको कार्यक्रममा मीरालाई अमेरिकाको न्यु योर्क स्टेटबाट लाइभ भिडियो इन्टरभ्यु लिनुभएको थियो ।

संस्थाको उपसभापति गायक सुबी राईले अमेरिकाबाट रातको तीन बजे मीरा राईलाई अन्तर्वार्ता गरी ठुलो सहयोग पु¥याउनु भएकोमा प्रशंसा गर्नुभयो । आङकामी शेर्पाको लाइभ इन्टरभ्युमा ५० हजारभन्दा धेरै भ्यु पुगेको थियो । हजारभन्दा बढी सेयर भएकोले मीरा राईको लागि ठुलो सहयोग भएको बताउनुभयो ।

photo-1

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू