अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

युवराज नयाँघरेको कृति ‘तनक्खा’ विमोचित

बिआरटीनेपाल २०७६ असोज १४ गते १०:५२ मा प्रकाशित

निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘तनक्खा’ को विमोचन सम्पन्न भएको छ । नेपाल म्यानमार मैत्री परिषद्को आयोजनामा एक कार्यक्रमका बिच ‘तनक्खा’ विमोचन गरिएको हो ।

कृतिको अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, समालोचक महेश पौड्याल, कवि तथा निवन्धकार मोमिला, नेपाल म्यानमार मैत्री परिषद्का अध्यक्ष शङ्कर घिमिरेले संयुक्त रूपमा विमोचन गरे ।

विमोचन कार्यक्रममा बोल्दै कवि तथा निवन्धकार मोमिलाले युवराज नयाँघरेले नेपाली निबन्ध र नियात्रामा पु¥याएको उल्लेखनीय योगदानको चर्चा गरिन् । उनले यो कृतिले बर्मेली नेपाली भाषीबारे निकै राम्रोसँग बताइन् ।
समालोचक महेश पौडेलले नियात्रा सङ्ग्रहमाथि आफ्नो मन्तव्यमा नयाँघरेको आफ्नो पन र खुबी ‘तनक्खामा’ पोखिएको बताए ।

अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीले नयाँघरे घुमेर लेखिरहने एक जना समर्पित लेखक रहेको बताउँदै नियात्राको कला र मौलिक शैलीका धनी नयाँघरेको यो कृतिले बर्मालाई नयाँ पाराले व्याख्या र विवेचना गरेको बताए ।

कृति कार नयाँघरेले आफ्नो मन्तव्यमा नेपाली निबन्ध र नियात्रा लेखन कला जारी राख्ने बताउँदै बर्मामा रहेका नेपाली भाषीको नेपाली भाषा, संस्कृतिको विशेष अनुभूति यस कृतिमा लिपिबद्ध रहेको जानकारी दिए ।
तनक्खा’ मा बर्मा भ्रमणको सेरोफेरो समेटिएको छ ।

बर्मामा रहेका नेपालीको स्थिति, बर्माको इतिहासलगायतका प्रसङ्ग यसमा समेटिएको छ । बर्मेली भाषामा तनक्खाको अर्थ वन औषधी भएको यसको भूमिका लेखक बर्मामा रहेर नेपाली साहित्यमा कलम चलाइरहेका ठाकुर गुरागाईंले बताए । कृतिलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।

नयाँघरेका १६ वटा कृतिमा यस अघि ७ वटा नियात्रा कृति आइसकेका छन् । कार्यक्रममा लिस्नर्स क्लब नेपालका अध्यक्ष जनक चन्द, नेपाली साहित्य क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू