अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५७ | Colorodo: 10:12

युरोकप छनौट – इटाली, स्विट्जरल्याण्ड, स्पेन र रोमानिया विजयी

बिआरटीनेपाल २०७६ भदौ २३ गते ९:३४ मा प्रकाशित

युरोकप फुटबल छनौटअन्तर्गगत गएराति भएका खेलहरुमा इटाली, स्विट्जरल्याण्ड, स्पेन र रोमानिया विजयी भएका छन् । ४ पटकको विश्व विजेता इटालीले समुह ‘जे’ को खेलमा फिनल्याण्डलाई २–१ ले पराजित गरेको छ । सोही समुहका अन्य खेलहरुमा अर्मेनियाले बोस्नियालाई ४–२ ले हराउँदा ग्रिसले लिचेस्टाइनसँग १–१ गोलको बराबरी खेलेको छ ।

समुह ‘एफ’ को खेलमा स्पेनले फारो आइल्याण्डलाई ४–० ले हराउँदा रोमानियाले माल्टामाथि १–० को जित निकालेको छ । स्विडेन र नर्वेले एक एक गोलको बराबरी खेलेका छन् । समुह ‘डि’ को खेलमा स्विट्जरल्याण्डले जिब्राल्टरलाई ४–० ले हराउँदा जर्जीया र डेनमार्कले गोलरहित बराबरीमा चित्त बुझाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू