अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४७ | Colorodo: 22:02

माग पूरा नभएको भन्दै आइओएममा तालाबन्दी

बिआरटीनेपाल २०७६ भदौ १५ गते ८:१९ मा प्रकाशित

चिकित्सा शिक्षामा देखिएका समस्या समाधानको माग गर्दै आइरहेको चिकित्सा शिक्षा संघर्ष समितिले आइतबार चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) मा तालाबन्दी गरेको छ। आफूले दिएको ७२ घण्टे अल्टिमेटममा पनि आफ्ना मागहरुको सुनुवाई नभएको भन्दै समितिले आईओएममा ताला लगाएको जनाएको छ।

साथै समितिले आफ्ना मागहरु पुरा गर्नेतर्फ कुनै चासो नदेखाएको भन्दै आइतबार शिक्षण अस्पतालमा प्रदर्शनसमेत गरेको छ । यसअघि समितिले चिकित्सा शिक्षामा देखिएका विभिन्न समस्या समाधानका लागि सम्बन्धित निकायका पदाधिकारीको ध्यानाकर्षण गराउँदै ७२ घण्टाको अल्टिमेटम दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू