अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५१ | Colorodo: 00:06

विश्वविद्यालयमा योग्यताका आधारमा नियुक्ति नभए सत्याग्रहः डा. गोविन्द केसी

बिआरटीनेपाल २०७६ भदौ १० गते ९:४० मा प्रकाशित

चिकित्सा शिक्षाका अभियन्त्ता डा. गोविन्द केसीले विश्वविद्यालयमा योग्यताका आधारमा नियुक्ति नभएर राजनीतिक भागभण्डामा नियुक्ति भएमा सत्याग्रहसहितको आन्दोलन गर्ने चेतावनी दिन ुभएको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले मेडिकल कलेज, प्रतिष्ठानलाई एमबिबिएसको भर्ना प्रक्रियामा छात्रवृत्तिलगायत बुँदा कार्यान्वयन गरेर मात्रै भर्ना प्रक्रिया सुचारू गर्न माग गर्नुभयो ।

“इलाम र पाँचथर, उदयपुर, डोटी र डडेल्धुरा लगायत प्रदेश नं. २ र ४ मा पनि सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया तत्काल अघि बढाउन माग गर्दछौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गेटा मेडिकल कलेज तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबिबिएस लगायतका कार्यक्रम शुरु गरियोस् भनी ध्यानाकर्षण गराउन चाहान्छौं,” डा. केसीले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू