अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३९ | Colorodo: 23:54

पोखरा महानगरपालिकाले भदौदेखि ‘ई–टिकेटिङ’ लागू गर्ने

बिआरटीनेपाल २०७६ साउन २० गते १०:४३ मा प्रकाशित

पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसमा ‘ई– टिकेटिङ’ लागू गर्ने र त्यसलाई क्रमशः ‘कार्ड सिस्टम’ मा लैजाने भएको छ । महानगरप्रमुख मानबहादुर जिसीले पोखराको यातायात सेवालाई व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको बताउनुभयो ।

कास्की जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक कोण हस्तान्तरण गर्दै प्रमुख जिसीले अबको ६ महिनामा योजना तयार हुने र योजनाअनुसार नै पोखरामा यातायात व्यवस्थापन गर्ने बताउनुभयो । महानगरप्रमुख जिसीले दक्षिण एसियाली खेलकुद (साग)लाई दृष्टिगत गरेर पोखराका चार वटा चोकमा ट्राफिक लाइट जडान गरिने पनि बताउनुभयो ।

प्रमुख जिसीले आगामी मङ्सिरभित्र सिर्जनाचोकमा आकाशे पुल बनिसक्ने र सागलाई नै ध्यानमा राखेर सहरका मुख्य ठाउँमा सिसिटिभी जडानको योजनासमेत बनाइएको जानकारी दिनुभयो । ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भए पनि सुधार गरेर लैजान महानगर लागिपरेको उल्लेख गर्दै महानगरप्रमुख जिसीले पोखराका केही सडकमा एकतर्फी यातायात सञ्चालन गर्नुपर्ने आवश्यकता भएको पनि बताउनुभएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू