अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५३ | Colorodo: 12:08

शेयर बजार आज करिव स्थिर

बिआरटीनेपाल २०८१ वैशाख १७ गते ५:४४ मा प्रकाशित

साताको दोस्रो दिन सोमबार शेयर बजार परिसूचक करिव स्थिर रहेको छ । दिनभरको उतार चढावपछि अन्तिम समयमा नेप्से शून्य दशमलव ०७ अंकले बढेर १९८० को विन्दुमा रोकिएको हो । सोमबार पनि वित्त उपसमूह बढ्ने क्रम जारी रह्यो । वित्त उपसमूहको परिसूचक सर्वाधिक ४ दशमलव १७ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूह साढे १ प्रतिशत भन्दा बढीले बढेको छ । होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक भने आज घटेको छ ।

सोमबार पोखरा फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पिपुल्स पावर जलविद्युत कम्पनीको शेयर मूल्य भने सर्वाधिक ६ प्रतिशतले घटेको छ । आज ३१७ वटा कम्पनीको ७३ लाख ४१ हजार कित्ता शेयर २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा पोखरा फाइनान्सको सर्वाधिक १७ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू