अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५६ | Colorodo: 06:11

लगानी सम्मेलनको पूर्वसन्ध्यामा विरोध प्रदर्शन

बिआरटीनेपाल २०८१ वैशाख १५ गते ६:०६ मा प्रकाशित

स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने भन्दै पुँजीबजार लगानीकर्ताले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । पुँजीबजार संघर्ष समितिको अगुवाइमा प्रदर्शन गरिएको हो । उनीहरूले स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने, लगानीकर्तालाई विदेश पलायन गराउने कार्य बन्द गर्नुपर्ने, लगानीमैत्री नीति लागु गर्नुपर्ने, पुँजीबजारमाथिको हस्तक्षेप बन्द गर्नुपर्नेलगायत माग गरेका छन् ।

सरकारको गलत नीतिका कारण लगानीकर्ता डुबेको प्रदर्शनकारीको भनाइ थियो । स्वदेशी लगानीकर्ता नै पलायन भइरहेको अवस्थामा लगानी सम्मेलन गरेर विदेशी लगानी भित्र्याउन नसकिने प्रदर्शनकारीले जिकिर गरे ।उनीहरूले ‘लगानीकर्ताहरूले लगानीको सुरक्षा गर, नसके स्टक मार्केट बन्द गर’, ‘स्वदेशी लगानीको संरक्षण गर’, ‘विदेशी लगानीको वातावरण तयार गर’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू