अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४२ | Colorodo: 05:57

नयाँ कर नीतिको बिरोध गर्दै पोखराका ब्यबसायीले प्रजिअलाई बुझाए ज्ञापनपत्र

बिआरटीनेपाल २०७६ साउन २ गते ९:२७ मा प्रकाशित

सरकारले मालवस्तु तथा ढुवानी साधनको अनुगमन गर्न साउन १ गतेदेखी ल्याएको भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम) को पोखराका बिभिन्न ब्यबसायीले बिरोध जनाएका छन् । नेपाल जस्तो भौगोलिक जटिल अबस्था र प्रविधिको सरल पहुँच नभैसकेको अवस्थामा सरकारले ल्याएको यस विधेयकले देशमा केही गर्छु भनेर ब्यबसायमा होमिएका ब्यबसायीलाई पुनः विदेश फर्काउने अबस्था ल्याएको भन्दै ब्यबसायीले बिरोध जनाएका हुन् ।

पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भेला भएका पोखरामा रहेर बिभिन्न पेशा अपनाएका ब्यबसायीले सरकारले ल्याएको अनलाइन ट्रयाकिङ सिष्टम राम्रो भएपनि नेपालको सन्दर्भमा तत्काल कार्यान्वयन गर्न असम्भव र अब्यबहारिक रहेको बताएका छन् ।

भेलामा उपस्थित अधिकांश ब्यापारीले आजपनि कतिपय नागरिक नाङ्लोमा सामान बेचेर साँझ बिहान छाक टार्न बाध्य रहेको अवस्थामा सरकारले ल्याएको उक्त नियमले त्यस्ता नागरिकले सामान खरिद गर्न नपाउने भन्दै उक्त निर्णयको बिरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू