अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४४ | Colorodo: 11:59

”न्युयोर्कका नेपाली कवि र कविता” राजधानीमा सार्वजनिक

बिआरटीनेपाल २०७६ असार १८ गते ९:५४ मा प्रकाशित

कविता संग्रह ‘न्युयोर्कका नेपाली कवि र कविता’ राजधानीमा सार्वजनिक भएको छ । व्याकुल पाठक र किशन सिंह धामीले सम्पादन गरेको कविता संग्रह सार्वजनिक गरिएको हो ।

साहित्यिक पत्रकार संघद्वारा आयोजित कार्यक्रममा उक्त कविता संग्रह नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, संघ अध्यक्ष राधेश्याम लेकाली तथा साहित्यकारहरू गीता खत्री, दामोदर पुडासैनी र शान्तिमाया गिरीले बुधवार आयोजित एक कार्यक्रमका बीच विमोचन गर्नुभएको हो । तारा–किशन फाउण्डेसनले प्रकाशन गरेको संग्रहमा चार दर्जन कवि–कवयित्रीका सिर्जना छन् । शीर्षकमै उल्लेख भए अनुसार संग्रहमा अमेरिकाको न्युयोर्कमै बसोबास गर्ने स्रष्टाका रचना मात्रै छन् ।

कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले विश्वको जुनसुकै कुनामा बसेर पनि नेपाली भाषा–साहित्यको सेवा गर्नु स्तुत्य कार्य रहेको बताउनुभयो । कार्यक्रममा उक्त संग्रहका केही कविताको वाचन पनि गरिएको थियो । कार्यक्रममा फाउण्डेसनद्वारा न्युयोर्कमा संकलित १ लाख ५ हजार रुपैयाँ दार्चुलाका शंकर सिंह धामीलाई न्युयोर्कबाटै आएका राजेन्द्र ढकालले हस्तान्तरण गर्नुभएको थियो । उक्त रकमबाट दार्चुलाका अल्पसंख्यक गरिब समुदायलाई खाद्यान्न सहयोग गरिने धामीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू