अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१५ | Colorodo: 10:30

कोपा अमेरिका फुटवल– अर्जेन्टिनालार्ई पराजित गर्दै ब्राजिल फाइनलमा

बिआरटीनेपाल २०७६ असार १८ गते ९:५१ मा प्रकाशित

अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा ब्राजिलले अर्जेन्टिनामाथि २–० को जित हासिल गरेको हो ।

ब्राजिलको जितमा रोबर्टो फिरमिनो र ग्याब्रियल जेससले गोल गरेका थिए । यसअघिका चार संस्करणमध्ये तीनवटा संस्करणमा फाइनलमा पराजित भएको अर्जेन्टिना यो पटक भने सेमिफाइनलबाटै बाहिरिएको हो ।

खेलको १९औं मिनेटमा ग्याब्रियल जेससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । ७१ औं मिनेटमा फिरमिनोले गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे । अब ब्राजिलले उपाधिका लागि चिली र पेरुबीच हुने अर्को सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू