अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४९ | Colorodo: 02:04

चितवन मेडिकल कलेजमा ’टेष्ट ट्युव वेवी’ सेन्टर सञ्चालनमा

बिआरटीनेपाल २०७५ चैत २४ गते १०:३० मा प्रकाशित

भरतपुरमा रहेको चितवन मेडिकल कलेजले आइतबारदेखि टेष्ट ट्युव वेवी सेन्टर (आइभिएफ सेन्टर) सेवा सञ्चालनमा ल्याएको छ । सेन्टरको एक कार्यक्रमकाबीच उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उद्घाटन गर्नुभयो । नेपालमा ठूलो समस्याको रुपमा रहेको निसन्तानपन समस्यालाई मध्यनजर गरी आइभिएफ सेन्टर सञ्चालनमा ल्याएको मेडिकल कलेजका प्रवन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले जानकारी दिनुभएको छ । उहाँका अनुसार करिव ३ करोडको लागतमा अत्याधुनिक प्रजनन् संरक्षण सेवा प्रणाली सहितको टेष्ट ट्युव वेवी सेन्टर सेवा सञ्चालनमा ल्याइएको हो। अब निसन्तानपनको उपचार गराउन विदेश जानुपर्ने बाध्यता हटेको उहाँको भनाई छ ।

मेडिकल कलेजमा दैनिक रुपमा २ दम्पति निसन्तानपनसम्बन्धी समस्या लिएर आउने गरेको अस्पतालका स्त्री तथा प्रसुती विभाग प्रमुख डा उपेन्द्र पण्डितले बताउनुभयो । सेन्टर स्थापना भएसँगै सन्तानका रहर भएका दम्पत्तिलाई बरदान सावित हुने डा. पण्डितको भनाई छ।

नेपालमा १५ प्रतिशत विवाहित उमेर समूहका दम्पतिमा निसन्तानपनसम्बन्धी समस्या रहेको बताइएको छ। मेडिकल सिटिको रुपमा अघि बढिरहेको चितवनमा अत्याधुनिक प्रजनन् संरक्षण सेवा प्रणाली सहितको टेष्ट ट्युव वेवी सेन्टर सेवा पहिलो पल्ट भित्रिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू