अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०५ | Colorodo: 21:20

काठमाडौं गोल्डेन्स डीपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश

बिआरटीनेपाल २०७५ फागुन ५ गते ७:२९ मा प्रकाशित

काठमाडौं गोल्डेन्स तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आज भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई १ सय रनको फराकिलो अन्तरले हराउँदै काठ माडौंले एक खेल अगाबै प्रतियोगिताको क्वालिफायरमा स्थान पक्का गरेको हो ।

फाप्ला क्रिकेट मैदानमा काठमाडौंले दिएको १३४ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको रुपन्देही १५ ओभर १ बलमा अल आउट हुँदै ३३ रनमा समेटियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १३३ रन बनाएको थियो ।

जितसंगै शीर्ष स्थानको काठमाडौंले ४ खेलबाट ७ अंक जोडेको छ । अब काठमाडौंले मंगलबार सीवाईसी अत्तरियासंग खेल्ने छ । ४ खेलबाट २ जित र २ हार व्यहोरेको रुपन्देहीको ४ अंक छ । तेस्रो स्थानमा रहेको रुपन्देहीको पनि प्ले अफमा पुग्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू