अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०६ | Colorodo: 22:21

काठमाडौँमा शंकरापुर पाराग्लाइडिङ्ग

बिआरटीनेपाल २०७५ माघ २४ गते १०:४३ मा प्रकाशित

शंकरापुर पाराग्लाइडिङ्ग काठमाण्डौको शंकरापुर नगरपालिका वडा नं ३ मा २०७० सालदेखि सञ्चालन भइरहेको छ । काठमाण्डौको साँखु हुँदै जहरसिंग पौवाबाट मनोरम देउराली गाउँमा अवस्थित शंकरापुर पाराग्लाइडिङ्ग ठमेलबाट २५ किलोमिटरको दुरीमा अवस्थित छ ।

देउरालीबाट उडान सुरु भएपछि सगरमाथा, गणेश हिमाल, गौरी शंकर हिमाल, दोर्जे लाक्पा हिमाल, गङ् छेपो हिमालको साथै सिन्धुपाल्चोकमा मनोरम बस्ती तथा पहाड़हरु देख्न सकिन्छ । देउरालीबाट ५ किलोमिटर तल रहेको पताप ओर्लिने बिन्दु हो।
दक्ष तथा अनुभवी पाइलटसँग पाराग्लाइडिङ्ग गर्दा अपूर्व मनोरञ्जन अनुभव हुन्छ । बिहान ८ बजेदेखि दिउसो ३ बजेसम्म सञ्चालन भइरहेको शंकरापुर पाराग्लाइडिङ्गले काठमाण्डौबाट ओहोरदोहोर, फोटो / भिडियो तथा खानाको पनि व्यवस्था गरेको छ।
पाराग्लाइडिङ्गको लागि सुरक्षित मानिने शंकरापुर पाराग्लाइडिङ्गले २५,००० अमेरिकी डलरको बिमाको समेत व्यवस्था समेत गरिएको सञ्चालन प्रमुख शरण अधिकारीले बताए । उनका अनुसार काठमाडौँमै यस्तो सुविधा भएको प्रचार प्रसार भएमा काठमाडौँ बस्ने पर्यटकको बसाइ लम्ब्याउन यसले टेवा दिनेछ ।

निर्देशक कुशल थापाका अनुसार त्यहाँ पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरू शंकरापुर पाराग्लाइडिङ्गबाट अपूर्व आनन्द लिएको बताएका छन् । यहाँ पुग्ने अधिकांश पर्यटकहरू सिन्धुपाल्चोकको मनोरम दृश्य, चिया बगान तथा रिसोर्टहरुबाट समेत प्रभावित भएको सञ्चालन प्रमुख शरण अधिकारीले बताए ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू