अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५८ | Colorodo: 04:13

रुचाइयो जितुको सो, ट्रेन्डिङको पहिलो नम्बरमा

बिआरटीनेपाल २०७५ कार्तिक २१ गते १२:०६ मा प्रकाशित

काठमाडौँ । हास्य कलाकार जितु नेपालको नयाँ सो ‘मुन्द्रेको कमेडी क्लब’लाई दर्शकहरूले मन पराएका छन् । सोमबार नेपाल टेलिभिजनमा प्रसारण भएको सो, त्यस लगत्तै युट्युबमा पनि सार्वजनिक भएको थियो । शोले युट्युबमा गज्जबको तारिफ पाइरहेको छ । 

आमा अग्नि कुमारी मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको ‘मुन्द्रेको कमेडी क्लब’को पहिलो एपिसोडलाई यो समाचार तयार पार्दासम्म ३ लाख ८८ हजार भन्दा धेरै पटक हेरिसकिएको छ । भिडियो नेपालको युट्युब ट्रेन्डिङको पहिलो स्थानमा समेत आएको छ ।

१७ सय भन्दा धेरै कमेन्टहरू आएको पहिलो एपिसोडको भिडियोमा ९ हजार ४ सय भन्दा धेरै लाइक छ । यद्यपि भिडियोलाई ७ सय ४० डिसलाइक पनि प्राप्त गरेको छ । भिडियोमा आएको अधिकांश प्रतिक्रियाहरू सकारात्मक र ऊर्जा दिने किसिमका छन् ।

जितु नेपालको सो मा अध्यक्षको भूमिकामा भने सफल निर्मात्री एवं हास्य कलाकार दीपा श्री निरौला रहेकी छिन् । कार्यक्रमको पहिलो एपिसोडमा हास्य कलाकार तथा चलचित्र निर्माता दीपकराज गिरीलाई निम्त्याइएको थियो । कार्यक्रममा हास्य रस मिसाउनको लागि जितु र दीपालाई राजाराम पौडेल, राजेन्द्र नेपाली र उमेर राईले पनि बेजोडले साथ दिएका छन् ।

रवि श्रेष्ठको निर्देशनमा तयार भएको कार्यक्रममा कार्यकारी निर्देशकको रूपमा माधव कार्की रहेका छन् । यस्तै श्रृंखला निर्देशकको जिम्मेवारी कलाकार नीरज नेपाललाई दिइएको छ । सो कार्यकारी निर्माता रबिन्द्र कुमार रिजाल (शशी) हुन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू