अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२८ | Colorodo: 13:43

यूएस ओपन अन्तर्राष्ट्रिय कराँतेमा नेपालकी एरिकालाई स्वर्ण

बिआरटीनेपाल २०८० चैत १९ गते ६:१८ मा प्रकाशित

नेपालले यूएस ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक जितको छ । नेपालकी एरिका गुरुङले अमेरिकाको टेक्ससमा जारी प्रतियोगितामा २१ वर्षमुनिको इलाइट महिला ६८ किलोमाथि तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । फाइनलमा उनले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गरेकी थिइन् ।

चीनमा गएको असोजमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल एरिका यूएस ओपन अन्तर्राष्ट्रिय कराँतेको ६८ किलाेमाथि (सिनियर) खुलातर्फ पनि फाइनलमा पुगेकी छन् । नेपालका अर्का खेलाडी विप्लभलाल श्रेष्ठ पुरुष ८४ केजी मुनि तौल समूहको सेमिफाइनलमा पराजित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू