अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०० | Colorodo: 00:15

नेपालीले बौद्धिकताको माध्यामबाट पनि नेपाललाई विश्वमाझ स्थापित गराएका छन् : प्रचण्ड (प्रधानमन्त्री)

बिआरटीनेपाल २०८० चैत ३ गते ५:१६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरुले बौद्धिकताको माध्यामबाट पनि अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठालाई स्थापित गराएको बताउनुभएको छ । शनिबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजित ‘प्रा. सूर्य सुवेदीः महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ पुस्तकको लोकर्पण गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।प्रधानमन्त्री दाहालले डा. सुवेदीको बौद्धिकताबाट नेपालका सबै राजनीतिक दलहरु प्रभावित रहेको समेत बताउनुभयो । उहाँले विस्तृत शान्ति सम्झौताको बेला पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला र आफूले डा. सुवेदीको कानून क्षेत्रको विज्ञताबाट लाभ लिएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान बनाउन, भारतसँग भएका सन्धि, सम्झौताका लागि प्रस्ताव तयार पार्न र संसदबाट एमसीसी पास गराउन पनि आफूले रोजेको मध्यमार्गी बाटो पनि डा. सुवेदीको विज्ञताको प्रतिफल भएको बताउनुभयो । प्रधानमन्त्रीले नेपालमा हितमा हुने कुनैपनि अन्तर्राष्ट्रिय सन्धि, सम्झौता गर्नुपर्दा उहाँको सुझाव धेरै उपयोगी हुने बताउनुभयो । उहाँले ‘प्रा.सूर्य सुवेदीः महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ नामक पुस्तकले युवा पुस्तालाई आफ्नो लक्ष्य हासिल गर्न प्रेरित गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू