अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१ | Colorodo: 06:56

देशैभर ‘जनयुद्ध दिवस’ मनाइन्छ, हाम्रो हक कसैले खोस्न सक्दैन- प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० माघ २९ गते ५:३८ मा प्रकाशित

माओवादी केन्द्र० का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले फागुन १ गते देशैभर ुजनयुद्ध दिवसु मनाइने बताउनुभएको छ । पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले ुजनयुद्ध दिवसु मनाउने हक कसैले खोस्न नसक्ने बताउनुभयो। ‘जनयुद्ध दिवस मनाउने हाम्रो नैसर्गिक हक कसैले खोस्न सक्दैन, भोलि ९फागुन १ गते० देशैभर जनयुद्ध दिवस मनाइन्छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो।

सर्वोच्च अदालतले गत पुस १३ गते अबदेखि ुजनयुद्ध दिवसु मा बिदा नदिन आदेश दिएको थियो। शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या थियो। गत वर्ष फागुन १ मा संघीय सरकारले ुजनयुद्ध दिवसु मा सार्वजनिक बिदा दिएको थियो। उक्त बिदा यसपालि कायम नरहेको गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। तर माओवादीले जितेका कतिपय स्थानीय तहमा फागुन १ मा सार्वजनिक बिदा दिइएको छ।

प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई थप व्यवस्थित बनाएर आन्दोलन गर्नेतिर जाने पनि बताउनुभएको थियो । फरक प्रसंगमा उहाँले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताका कुरा चले पनि ठोस रूपमा गति नलिएको बताउनुभएको छ । ‘बाबुरामजीको पार्टीसँग एकताको कुरा चलेको छ। तर गति लिएको छैन। विप्लवलगायत अन्य पार्टीसँग पनि तत्काल एकता हुने सम्भावना छैन,’ प्रचण्डका भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भनेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू