अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२९ | Colorodo: 14:44

खेलाडीका लागि राम्रो वातावरण निर्माण भइरहेको छ : मन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०८० चैत २४ गते ७:३४ मा प्रकाशित

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अब क्रिकेट खेलाडी बन्ने वातावरण निर्माणका लागि आफूहरू लागि परेको बताउनुभएको छ । जनकपुरधामको रजौलस्थित प्रस्तावित श्रीराम जानकी बहुउद्देश्यीय अन्तराष्ट्रिय रंगशालामा भएको दोस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेटको फाइनलका अवसरमा खेलकुदमन्त्री श्रेष्ठले सो धारणा राखेका हुन् ।

मन्त्री श्रेष्ठले जनकपुरधामसहित देशको विभिन्न शहरमा आधुनिक स्टेडियम बन्नसके अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेलहरू नेपालमै हुने प्रतिवद्वता आइसीसीले प्राप्त भएको जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले नीजि क्षेत्रको सहयोग नभए नेपाल खेलकुदको विकास सम्भव नभएको धारणा राख्नुभयो । उहाँले उद्योग वाणिज्य संघलगायत संस्थालाई पनि खेलकुद सहयोग गर्न आग्रह गर्नुभयो । साना साना वडाको खेललाई अन्तर्राष्ट्रिय खेलसरह सहयोग गरे खेलकुदको विकासमा सम्भावना सम्भव भएको मन्त्री श्रेष्ठको विश्वास छ ।

दोस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेटमा आठ वटा जिल्लाले प्रतिष्पर्धा गरेका थिए । मन्त्री श्रेष्ठले यो आयोजनाबाट स्थानीय व्यावसायमा पनि सहयोग मिलेको बताउनुभयो ।

प्रतिक्रिया