अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०५ | Colorodo: 22:20

कर वढाउने हतार नगर्न स्थानिय निकायलाई अर्थमन्त्रीको आग्रह

बिआरटीनेपाल २०७५ असोज ५ गते ९:४७ मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानिय तहलाई कर बढाउने काममा हतार नगर्न आग्रह गर्नु भएको छ । पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै अर्थ मन्त्री डा.खतिवडाले सरकारलाई तिरेको करको सदुपयोग हुन्छ र विकास सुनिश्चितता हुन्छ भन्ने विश्वास आम जनतालाई दिलाएपछि मात्रै कर बढाउन आग्रह गर्नुभएको छ । पहिले करमा वानी पार्दै जाने, करको दायरा वढाउने र करका मुल्याङ्गकनका दरहरुलाइ समायोजन गर्दै जाने अहिलेको मुख्य पाटो भएको उहाको भनाई थियो ।

कर लगाउँदैमा बिरोध नगर्न समेत आम नागरिकलाई डा. खतिवडाले आग्रह गर्नुभएको छ । विकासोन्मुख पालिकाहरुमा कर कार्यालय स्थापना गर्ने सरकारको तयारी रहेको वतार्उदै उहाँले कर सरलीकरण गर्न, करदातालाई उत्साहित बनाउन चाँडै अभियान थाल्ने वताउनुभयो । सरकारले कर लिने ठाउँमा एक रुपैयाँ पनि नछोड्ने र लिन नपर्ने ठाउँमा एक रुपैयाँ पनि नलिने मन्त्री खतिवडाको भनाई थियो ।

अर्थमन्त्री डा. खतिवडाले नीजि क्षेत्रलाई सरकारले सहजीकरण गरेर अगाडि वढ्ने बताउँदै निजी क्षेत्रले सरकारलाई प्रतिष्पर्धी नठान्न आग्रह गर्नुभयो । कार्यक्रममा वोल्दै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेढिङका समस्या भन्दा पनि विद्युत खपत बढाउने चुनौती मुख्य भएको वताउनुभयो । विद्युत आपूर्तिमा आएको प्राविधिक समस्याका कारण वत्ति गएपनि लोडसेडिङ नभएको भन्दै उहाँले यो समस्या पनि केहि समयपछि समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । त्यसका लागि फिडर परिवर्तन, सब स्टेसन निर्माणलगायतका काम भइरहेको घिसिङ्गको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू