अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५६ | Colorodo: 01:11

लस एन्जलसमा मोती जयन्ती सम्पन्न (फोटो फिचर)

बिआरटी नेपाल सम्बादाता, लस एन्जलस २०७५ भदौ २८ गते १२:४३ मा प्रकाशित

अमेरिकाको लस एन्जलसमा सदा झैँ यस वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लस एन्जलस च्याप्टरले मोती राम भट्टको १५३ जन्म जयन्ती भव्यताका साथ सम्पन्न गरेको छ। स्थानीय पशुपतिनाथ फाउन्डेसनको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका महाबाणिज्यदुत ऋषि ढकाल हुनुहुन्थ्यो भने विशिष्ट अतिथि अनेसासका केन्द्रीय कोषाध्यक्ष नव निर्वाचित उपाध्यक्ष शान्तिराम ढकाल को उपस्थिति थियो। मोतीराम भट्टको तस्बिरमा फुल माला चढाएर सुरु भएको कार्यक्रममा उपस्थित कवि, साहित्यकार तथा स्थानीय बासीलाई संस्थाका कोषाध्यक्ष रामबाबु पाण्डेले स्वागत गर्नु भएको थियो । मोतीराम भट्टको संक्षिप्त जीवनी र साहित्यिक यात्रा बारेमा बोल्दै साहित्यकार प्रेम गुरागाईले कार्यक्रमको प्रशंसा गर्नु भयो । 

स्थानीयहरूको सहभागिता रहेको उक्तकार्यक्रममा कविहरू राम लामा अविनाशी,शारदा पाठक, प्रकाश पाण्डे, प्रेम गुरागाई,प्रकाशचन्द्र घिमिरे, शान्तिराम ढकाल, इन्दिरा त्रिपाठी,डन बहादुर कार्की, प आचार्य चुडामणी पाठकले अाअाफ्नो रचना पढेर सुनाउनु भयो।

उक्त कार्यक्रममा उपस्थित टेक्ससबाट अनेसास ह्युस्टन च्याप्टरकी सचिव शारदा पाठक र अनेसास सदस्य चन्द्र शर्माले कार्यक्रमको मुक्तकन्ठले प्रशंसा गर्नु भयो । त्यस्तै NRN महिला कोअडिनेटर इन्दिरा त्रिपाठीको उपस्थिति रहेको थियो । अनेसास बोर्ड अफ ट्रष्टी एकराज पाण्डेले कार्यक्रमले निरन्तरता पाएकोमा खुसी व्यक्त गर्नु भयो । 
अनेसासका करिब ४८ ट्रष्टी मेम्बर भएकोमा छ जना मेम्बरकोको उपस्थितिले कार्यक्रमको गरिमा झनै बढेको कुरा नवनिर्वाचित उपाध्यक्ष शान्तिराम ढकालले भन्नु भयो ।

प्रमुख अतिथि ऋषि ढकालले आफू सधैँ साहित्यिक कार्यक्रममा उपस्थित हुने गरेको र सिकागोको कार्यक्रममा पनि सबै भन्दा राम्रो साहित्यिक कार्यक्रम नै भएको बताउनु भयो भने अब आफूलाई पनि कविता लेख्ने रहर जागेको जानकारी गराउनु भयो । उक्त कार्यक्रमको सभापतित्व च्याप्टरका अध्यक्ष डन ब कार्कीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन महासचिव प्रकाशचन्द्र घिमिरेले गरेका थिए ।