अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१२ | Colorodo: 08:27

आफ्नै स्वामित्वको मन्दिरमा पूजा गर्न पाउँदा लस एन्जलस बासी नेपालीहरू फुरुङ्ग

बिआरटी नेपाल सम्बादाता, लस एन्जलस २०७४ फागुन २ गते १२:३७ मा प्रकाशित

श्री पशुपतिनाथ फाउण्डेसनको करिब ५ वर्षको अथक् प्रयास पछि लस एन्जलस बासीले आफ्नै स्वामित्वमा नेपाली मन्दिर पाएका छन् । जहाँँ  आरग्यदेव श्री पशुपतिनाथ लगायत अन्य देवी देउताहरूका सुन्दर मुर्तिहरु स्थापना गरिएको छ । यही फेब्रुअरी ११ -१३ मा आचार्य चुडामणी पाठकको दिव्य ज्ञान मार्फत मुर्तिहरुमा प्राण प्रतिष्ठाको कार्य गरियो । नित्य पूजाका लागि पनि आचार्य चुडामणी पाठकलाई नै पूजारीको रूपमा नियुक्त गरिएको छ । 

मन्दिरमा पूजा, भजन क्रितन र प्रबचन आदिले लसएन्जलस बासीहरूमा भात्रित्व भाव र शहीष्णुताको वृद्धि भई यो सहर बासी समस्त हिन्दु तथा बुद्धिस्टहरु एकै सूत्रमा बाँधिने कुरामा आफु ढुक्क भएको कुरा खुलासा गर्नु हुन्छ आध्यात्मिक ज्ञानका बिज्ञ पूजारी पाठक ।

सोही परिसरमा विश्वका शान्तिका दूत बुद्ध भगवानको मन्दिर पनि स्थापना भएको छ । जहाँं एक बुद्धको सुन्दर मूर्ती स्थापना गरेर प्राण प्रतिष्ठा गरियो । बुद्ध धर्मगुरु खेन्पो रिङ्गग्पोछे जम्पा ( पिएचडि )को दिव्य ज्ञान मार्फत बुद्धको मुर्तिमा प्राण प्रतिष्ठा गरिएको थियो । सो अवसरमा धर्मगुरु जम्पाले “सनातन धर्मालबी लुम्बिनीका राजा बुवा सुद्दोधन र आमा मायादेबीको कोखबाट जन्मेका सिद्धार्थ गौतम लामो तपस्या पाश्चात भगवान् बुद्ध बनेका थिए । त्यसैले बुद्ध धर्म पनि सनातन धर्मकै अन्य देवी देउताहरू जस्तै हुन भन्नु भयो ।”

“सोही भाइचाराको माहोलमा यो लस एन्जलसमा एउटै कम्पाउण्डमा स्थापना गरिएको श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर देख्दा खुसी लाग्यो । यो आपसी शहीष्णुताको माहौल बरीष्ठ धर्मगुरु दलाई लामाले देख्न पाउनु भयो भने ज्यादै हर्शित हुनुहुनेछ” भन्नु भयो । उक्त भनाइलाई पछ्याउदै बुद्धिस्ट सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष राम लामा अविनाशिले “उहाँलाई यो मन्दिरमा ल्याएर यो मन्दिर परिसरलाई पवित्र बनाई दिनको लागि अनुरोध गरेका थिए । बुद्ध धर्मगुरु दलाई लामाको उमेरका कारण स्वास्थ्य कमजोर भएकोले अन्तर्राष्ट्रिय यात्रा न गर्नको लागि उहाँका डाक्टरले सल्लाह दिएका छन् । तैपनि, म यो कुरा उहाँ समक्ष राखी दिने छु भनी आश्वासन दिनु भयो ।” 

बोल्ने क्रममा “आफ्नो बाध्यता वा रहर जे जसरी परदेशमा बसेका भए पनि त्यहाँ आफ्नो मातृ भाषाको प्रयोग हर क्षेत्रमा गरिनु पर्दछ । नत्र भने, आउँदो पिँडीबाट आफ्नो मात्री भाषा बिलाउँदै जाने छ । भाषा बिलायो भने संस्कार पनि सँगै बिलाउँछ । अन्तमा हामी नेपाली हुँं भन्ने पनि बिर्सिन्छन् । त्यसैले यो मन्दिरमा रहेका हरेक सूचना पाटीहरूमा नेपालीमा पनि लेख्न सल्लाह दिनु भयो ।”

सन २०१२ मा १0 लाख ५० हजार अमेरिकी डलरमा उक्त मन्दिरको घर जग्गा किनिएको थियो । ५ लाख ५० हजार नगद भुक्तान र बाकी ५ लाख डलर ऋण लिइएको थियो । ऋण लिनको लागि लस एन्जलसका समाजका अगुवाहरु भक्त थापा, ऋषि ढकाल, राम लामा अविनाशी र एकराज पाण्डेले सुरुमा जमानी बसेका थिए । ऋण नबिकरण गर्दा भने भक्त थापा, ऋषि ढकाल र राम लामा अविनाशी गरी ३ जना मात्र जमानी रहेका थिए ।  बाँकी रहेको ३ लाख ८७ हजार डलर ऋण पनि अब छिट्टै नै चुक्ता गर्ने तयारी गर्दै रहेको कुरा सिटी अफ आर्टेसियामा प्लानिङ्ग कमिसनर समेत रहेका श्री पशुपतिनाथ फाउण्डेशनका अध्यक्ष भक्त थापाले बताए ।

एक पेनी देखी १ लाख २५ हजार डलर सम्म दान दिने दाताहरू रहेको यो सहरमा छिट पुट बाहेक अधिकांशले आफूले कबोल गरेको रकम चुक्ता गरिसकेका छन् भने अन्य नयाँ दाताहरू पनि श्वासफुर्त रूपमा अघि सरिरहेका छन् ।

नेपालको पौराणिक हस्तकलाले सजाइएको उक्त मन्दिर यही समाजका समाजसेवीहरूको श्रम दानबाट जडान गरिएको थियो । “यस्ता महत्त्वपूर्ण सहयोगका कारण आज हामीले यस्तो भव्य मन्दिर तयार पार्न सकेका छौ” भन्दै सहयोगी सबै हातहरूलाई हार्दिक धन्यवाद व्यक्त गरे अमेरिकाका लागि महावाणिज्य दूत तथा यस संस्थाका प्रथम उपाध्यक्ष साथै यस उद्घाटन समारोह समितिका संयोजक ऋषि ढकालले ।

बिभिद कोणबाट आफ्नो देन रहेकाहरु त खुसीले गद-गद छन् नै, आजका मिति सम्म कुनै देन दिन नसकेका भक्तजनहरू पनि सुन्दर मन्दिर भित्र आफ्नै आस्थाका केन्द्र चीर परिचित भगवानका मुर्तीहरुमा ढोग्न पाउँदा र आफ्नै नेपाली गुरुद्वारा पूजा-पाठ गराउन पाउँदा खुसीले फुरुङ्ग भएका छन् लसएन्जलस बासी नेपालीहरू ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू