अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३३ | Colorodo: 07:48

नायिका सञ्चिता लुइँटेल जोजोलोप्पा फेशन रनवे २०१८ को शोस्टपर्स

मनोज थापा, काठमाडौं २०७५ भदौ ३ गते १२:०८ मा प्रकाशित

क्यान एजुकेसन फाण्डेशनको संरक्षणमा रहेका बालबालिका सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा भदौ १ गते ‘जोजोलोप्पा फेशन रनवे २०१८’ भव्य रूपमा सम्पन्न भएको छ । यो फेशन सोमा चर्चित नायिका सञ्चिता लुइँटेल र मोडल तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर शोस्टपर्सको रूपमा प्रस्तुत भएका थिए । भने एक दर्जन भन्दा बढी चर्चित मोडलहरू ¥याम्पमा निस्किएका थिए । डिजाइनर प्रतिमा मर्हजनको डिजाइनमा मोडलहरू ¥याम्प सोमा उत्रिएका थिए । यस सोमा नेपालका चर्चित गायकगायिकाले साङ्गीतिक प्रस्तुति दिएका थिए । गायिका रमिता भण्डारी, एन्जिला रेग्मी, प्रशन्ना पाण्डेका साथमा गायकहरू जोहेव मानन्धर, दाउथ राई, पूरण प्रधान, कपिल कस्पल श्रेष्ठ, अजय तुलाधर लगायतले आफ्नो प्रस्तुति दिएका थिए ।

पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले उद्घाटन गरेको कार्यक्रम अन्य विभिन्न पेसा तथा व्यवसाय गरेको व्यक्तिहरूको उपस्थिति रहेको थियो । फेशन सो ललितपुरको इन्द्रेणी ब्याक्वेटमा गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफीमा सम्पन्न भएको छ । भण्डारीले देश तथा विदेशमा सफल रूपमा कार्यक्रम आयोजना गरिसकेकी छिन् । अभिनय, गायन र इभेन्ट आयोजनामा सक्रिय रहेकी भण्डारी रशलाईट मिडियाकी अध्यक्ष पनि हुन । सामाजिक काममा सहयोग गर्न पाउँदा सबै पीडा भुल्ने रशलाईट मिडियाकी अध्यक्ष तथा क्यान एजुकेसनकी कार्यक्रम संयोजक भण्डारी बताउँछिन् ।

उक्त फेशन शो बाट उठेको रकम नेपालमा रहेका स्कुल जानबाट वञ्चित बालबालिकाहरूलाई खर्च गरिने क्यान एजुकेसन फाण्डेशनका अध्यक्ष रत्न राईले बताए । क्यान एजुकेसनले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर सहयोग रकम सङ्कलन गर्ने गरेको अध्यक्ष राईले जानकारी दिए । नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने अवस्थाका बालबालिकालाई सहयोग गर्दै आएको छ । एजुकेसन सरोकार डट कम कार्यक्रमको अफिसियल मिडिया पार्टनर रहेको थियो । संस्थाले १२ सम्मको अध्ययनका लागि सहयोग गर्ने गरेको फाण्डेशनकी कोषाध्यक्ष सम्झना लामाले जानकारी दिइन । 

प्रतिक्रिया