अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५९ | Colorodo: 09:14

भुरुरु उडेको पुतलीको भिडियो सार्वजनिक

मनोज थापा, काठमाडौं २०७५ असार ३२ गते १७:१० मा प्रकाशित

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान् चाड हरितालिका तिजलाई लक्षित गरेर ‘भुरुरु उडेको पुतली’ को भिडियो सार्वजनिक गरेकी छिन् । चर्चित गायक खुमन अधिकारीले यस गीतमा न्यौपानेलाई साथ दिएका छन् । अधिकारीको लयशब्दमा गीत तयार भएको हो । बाबुराम भट्टराई र रमिला न्यौपानेको संयुक्त रूपमा यो गीत बजारमा आएको हो । मायालु इन्टरनेटमेन्टले गीतको बजार व्यवस्थापन गरेको हो । 

लोकप्रिय गायिका न्यौपानेका अधिकांश गीत श्रोता दर्शकले मन पराएका छन् । देश तथा विदेशमा हुने संस्कृति कार्यक्रममा उनले आफ्नो प्रस्तुति दिइसकेकी छिन् ।
प्रकाश भट्टको निर्देशन रहेको म्युजिक भिडियोमा करिष्मा ढकाल, आरुषी मगर, दुर्गेश थापा र प्रकाश सपुतको अभिनय रहेको छ । राजेश घिमिरेको छायाङ्कन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।