अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०६ | Colorodo: 12:21

आदीकबी भानु भक्तलाई सम्झँदै पर्थमा भानु विशेष कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ साउन १ गते ९:०१ मा प्रकाशित

पश्चिम अस्ट्रेलियाको पर्थमा गत शनिवार १४ जुलाईका दिन भानु जयन्तीको अवसर पारेर कवि गोष्ठी सम्पन्न भयो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पर्थ तथा नेपाली एसोसिएसन अफ वेष्टर्न अस्ट्रेलिया (नावा) ले संयुक्त रूपमा आयोजना भएको साहित्यिक कार्यक्रममा नेपाली भाषा पाठशालाको वार्षिक प्रगति विवरण समेत प्रस्तुत गरिएको थियो ।

आदिकवि भानुभक्त आचार्यको फोटोमा माल्यार्पण गरेर सुरु गरिएको कार्यक्रमको पहिलो खण्डमा नेपाली भाषा पाठशालाका प्रधानाध्यापक आङ्ग दावा शेर्पाले भाषा पाठशालाकाको प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको दोस्रो खण्डमा नावाका अध्यक्ष डा. मणि पनेरुको मन्तब्यसंगै रचना वाचन सुरु गरिएको थियो । रचना वाचनको क्रममा विभिन्न साहित्यकारहरूले भानुको व्यक्तित्व तथा नेपाली भाषा तथा साहित्य माथि उनको प्रभाव बारे चर्चा गरेका थिए ।

कार्यक्रममा अतिथि साहित्यकारको रूपमा प्रखर युवा छन्द कवि सुदेश सत्याललाई स्काइपको माध्यमबाट सुनिएको थियो । कवि सत्यालका ’फर्केर आऊ घर’, ‘भूकम्प’ लगायतका कविताले दर्शक दिर्घामा निक्कै गम्भिरता छाएको थियो । रचना वाचनमा स्थानीय कविहरू सन्तोष लम्साल, रीजा प्रधान, रिया श्रेष्ठ, राजेश बुढाथोकी, हरि अधिकारी, देवकी थानी, गुनाखर सुवेदी, काशीराज पाण्डे, निरज क्षेत्री, मणि पनेरु, हिमाल पाण्डे, आङ दावा शेर्पा, गणेश घिमिरे लगायतले सहभागिताका जनाएका थिए । अनेसासका केन्द्रीय सचिव गणेश घिमिरेले कार्यक्रम बारे जानकारी दिँदै रचना वाचनका हिसाबले कार्यक्रम अहिले सम्मकै स्तरिय भएको जानकारी दिए। भानु जयन्ती मनाउन रिभरभेल कम्युनिटी हल खचाखच भरिएको थियो |

अन्त्यमा अनेसास पर्थका अध्यक्ष निरज क्षेत्रीले धन्यवाद सहित कार्यकम समापन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य हरि अघिकारी तथा कार्यकम सञ्चालन रिजा प्रधानले गरेकी थिइन । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू