अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१४ | Colorodo: 02:29

विश्वकप फुटबल: क्रोएसिया ३, अर्जेन्टिना ०

बिआरटीनेपाल २०७५ असार ७ गते १४:२६ मा प्रकाशित

रसियामा भइरहेको विश्वकप फुटबलमा समूह डी अन्तर्गत खेलमा अर्जेन्टिना विरुद्ध क्रोएसियाले ३–० गोल गरेको छ । क्रोएसियाको यस जितसँगै अर्जेन्टिना समस्यामा परेको छ ।

खेलको पहिलो हाफसम्म कुनै पनि टिमले गोल हान्न सकेको थिएन । तर खेलको ५३ औँ मिनेटमा क्रोएसियाका लागि रेविकले १ गोल गरेर अग्रता दिलाएका थिए । त्यस्तै अर्को गोल खेलको ८० औँ मिनेटमा क्रोएसियाका अर्का खेलाडी मोड्रिकले गोल गरेका थिए ।

४ मिनेट थप समयमा थपेको १ मिनेट पछि राकिटिकले गोल गरेर अर्जेन्टिना विरुद्ध ३–० गोलले पराजित गर्न सफल भए । जितसँगै क्रोएसिया अङ्क बढाउन सफल भएर अन्तिम १६ अन्तर्गतको खेल खेल्ने मौका मिलको छ ।

क्रोएसियाले पहिलो खेलमा नाइजेरियालाई २–० ले हराएको थियो भने अर्जे्न्टिना पहिलो पटक बिश्वकपमा सहभागी आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो ।

२०१४ को विश्वकपको उप विजेता अर्जे्न्टिना फिफा बरियतामा पाँचौँ स्थानमा छ । क्रोएशिया १८ औँ स्थानमा रहेपनि समूह चरणको पहिलो खेलबाट ३ अङ्क सहित समूह डीको शीर्ष स्थानमा थियो । क्रोएसिया र अर्जे्न्टिना अहिलेसम्म ४ पटक आमने सामने भएका छन् । एजेन्सी 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू