अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२१ | Colorodo: 08:36

वल्डकप २०२६: अमेरिका, क्यानडा र मेक्सिकोमा हुने

बिआरटीनेपाल २०७५ जेठ ३० गते १६:५३ मा प्रकाशित

एजेन्सी । अमेरिका, मेक्सिको र क्यानडाबिचको तनाव वर्षौँ पुरानो हो । तर, अबको ८ वर्षमा यी ३ वटा देश एक ठाउँमा आउने छन्, संसारकै ठुलो खेल आयोजना गर्न ।

बुधवार मस्कोमा फिफाका सदस्यबिच भएको मतदानबाट सन् २०२६ को विश्वकप उत्तर अमेरिकाको यो संयुक्त टोलीले आयोजना गर्ने तय भएको छ । मतदानमा उनीहरूले प्रतिद्वन्द्वी मोरोक्कोलाई सजिलै जितेका थिए ।

विश्वकप तीनवटा देशले संयुक्त रूपमा आयोजना गर्ने भएको यो पहिलो पटक हो । यी ३ देशले २०१७ अप्रिलमा संयुक्त रूपमा विश्वकप आयोजना गर्ने प्रक्रियामा भाग लिने घोषणा गरेका थिए । त्यति बेला यी ३ देशको राजनीतिक सम्बन्ध संवेदनशील अवस्थामा थियो । त्यसपछि पनि अमेरिका, क्यानडा र मेक्सिकोको सम्बन्धमा पटक पटक सङ्कट आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुनमा भएको जी७ (जी सेवेन राष्ट्र) बैठकका बेला उठेको कर विवादलाई लिएर क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रयुडोको आलोचना गरेका थिए । उनले ‘नम्र र सौम्य’ तथा ‘बेइमान र कमजोर’ बनेको भन्दै ट्टिरमा आलोचना गरेपछि ट्रयुडोले आपूm ‘अपमानित भएको’ प्रतिक्रिया दिएका थिए ।

विश्वपख आयोजना गर्ने नतिजा आप्mनो पक्षमा आउन साथ ट्रम्प ट्वीटेका छन्ः मेक्सिको र क्यानडासँगै अमेरिकाले विश्वकप आयोजना गर्ने मौका पाएको छ । बधाई । ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने हालसम्मकै ठुलो खेल विश्वकपले यी ३ देशलाई नजिक ल्याउने भने पक्का छ । नर्थ अमेरिकाको ३ देशमा हुने यो विश्वकपमा १४ अर्ब ३० करोड अमेरिकी डलर उठ्ने अनुमान गरिएको छ । त्यसमध्ये ११ अर्ब अमेरिकी डलर फिफाको नाफा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू