अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३ | Colorodo: 22:58

स्पेनको रियाल मेड्रिड क्लबले लगातार तेस्रो पटक च्याम्पियन लिग फुटबलको उपाधी जित्यो

बिआरटीनेपाल २०७५ जेठ १३ गते १०:२२ मा प्रकाशित

स्पेनको रियाल मेड्रिड क्लबले लगातार तेस्रो पटक च्याम्पियन लिग फुटबलको उपाधी जितेको छ । युक्रेनको राजधानी किभमा भएको फाइनल खेलमा इङल्याण्डको लिभरपुललाइ १ का विरुध्द ३ गोलले हराउदै रियालले उपाधी जितेको हो ।

पहिलो हाफ गोल रहित रहेको खेलमा दोस्रो हाफको ५१ औं मिनेटमा करिम बेन्जमाको गोल मार्फत रियालले अग्रता लिएको थियो । सादीयो मानीले ५५ औं मिनेटमा बरावरी गोल फर्काइ लिभरपुललाइ खेल फर्काएका थिए । तर गारेथ बेलले ६४ औं र ८३ औं मिनेटमा गोल गरेपछी रियालको जित सुनिश्चित भएको थियो । पछिल्लो उपाधीसंगै रियालले सबैभन्दा बढी १३ पटक च्याम्पियन लिगको उपाधी जिति सकेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू