अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१४ | Colorodo: 20:29

क्रिकेटर अनिल साहले सिंगापुरमा खेल्ने

बिआरटीनेपाल २०७५ वैशाख १८ गते ९:३५ मा प्रकाशित

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी अनिल साहले सिंगापुरमा आयोजना हुने एलिट प्लेयर सिरिज को दोस्रो संस्करणमा एसजी क्रिमसन टोलीका लागि खेल्ने भएका छन् ।

मङ्गलवार देखि सुरु हुने प्रतियोगिताको लागि अनिल आइतबार सिंगापुर तर्फ लाग्दै छन् । ट्वेन्टी ट्वेन्टी क्रिकेट फम्र्याटमा खेलिने सो प्रतियोगिता शनिवार सम्म चल्ने छ । तिन टोली समावेश सो प्रतियोगिता दुई राउन्डमा खेलिने र हरेक टोलीले लिग चरणमा ४ खेल खेल्ने तालिका सार्वजनिक गरिएको छ । दुई टोलीले फाइनलमा स्थान बनाइ उपाधिको लागि भिड्ने मौका पाउनेछन् ।

सिंगापुरमा आयोजना हुने यस प्रतियोगिता खेल्न जाने मौका पाउँदा खुसी लागेको अनिलले बताए । अनिलले सो प्रतियोगितामा खेले बापत् के–कति पारिश्रमिक पाउने नखुले पनि सिंगापुर क्रिकेट सङ्घले अनिलको बस्ने, खाने, टिकटको प्रबन्ध मिलाएको जानकारी प्राप्त भएको छ । 

यस प्रतियोगिता खेल्नको लागि अनिललाई नेपाल क्रिकेट खेलाडी सङ्घ (सिपान) ले सहजकर्ताको भूमिका निभाएको जनाएको छ  ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू