अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०५ | Colorodo: 04:20

एपिएफ क्वार्टर फाइनलमा प्रवेश

बिआरटीनेपाल २०७५ वैशाख ७ गते ८:०५ मा प्रकाशित

इलाम, इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्वार्टरफाइनलमा प्रवेश गरेका छ ।  एपिएफले आज पाहुना टोली बङ्गलादेशको कावरान प्रगति सङ्घलाई ३–१ ले पराजित गरेको हो । एपिएफले सुरुआतमै पाएको अवसरलाई गोलमा परिणत गर्दै अग्रता लियो । खेल सुरु भएको १०औँ मिनेटमा नै एपिएफका स्ट्राइकर युवराज खड्काले गोल गर्दै खाता खोले । बङ्गलादेशका रक्षा पन्तीले पेनाल्टी क्षेत्रमा गरेको कमजोरीको फाइदा उठाउँदै खड्काले गोल गरे । पैँतीसौँ मिनेटमा एपिएफले अग्रता दोब्बर बनायो । एपिएफका रूपबहादुर लामाले विपक्षी दुई डिफेन्डरलाई छक्याएर गरेको प्रहार बङ्गलादेशका गोलरक्षक राजीवले बचाउ गर्ने मौका नै पाएनन् ।

पहिलो हाफमा २–० ले पछि परेको बङ्गलादेशले दोस्रो हाफमा पनि खेल सुधार गर्न सकेन । खेलको ४८औँ मिनेटमा एपिएफले पुनः गोल गरी ३–० को अग्रता कायम ग¥यो । बङ्गलादेशका तर्फबाट खेलको ७८औँ मिनेटमा अलामजीले सान्त्वना गोल फर्काए । बङ्गलादेशलाई रक्षात्मक खेल्न समेत हम्मेहम्मे परेको थियो । बङ्गलादेशले केही राम्रा अवसर गोलमा परिणत गर्न सकेन । खेलमा एपिएफका रूपबहादुर ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले रु १० हजार र चाँदीको पदक प्राप्त गरे । प्रतियोगिताका विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार पाउनेछन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू