अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४५ | Colorodo: 19:00

आईपीएलमा कोलकाताले बैंग्लोरलाई ४ विकेटले हरायो

बिआरटीनेपाल २०७४ चैत २५ गते २०:२२ मा प्रकाशित

२६ चैत, काठमाडौं । इन्डियन प्रिमियर लीग (आईपीएल) अन्तर्गत कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई चार विकेटले पराजित गरेको छ । गएराति सम्पन्न खेलमा टस हारेर व्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । जवाफमा कोलकाताले ७ बल बाँकी छँदै १७७ रन बनाएर लक्ष्य पूरा गर्‍यो ।

त्यसअघि बैंगलोरका लागि एवी डिभिलिर्सले ४४ र ब्रान्डन म्याकुलमले ४३ रनको योगदान गरेका थिए । यस्तै कप्तान विराट कोहलीले ३१ र मन्दिप सिंहले ३७ रन बनाए । अन्यले दोहोरो अंकको योगफल बनाउन सकेनन् ।

बलिङतर्फ कोलकाताका नितेश राना र विनय कुमारले दुई-दुई विकेट लिए । पियुस चावला, सुनिल नरायन र मिचेल जोन्सनले एक-एक विकेट लिए ।

कोलकाताले १८ ओभर ५ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । कोलकाताको जितमा सुनिल नारायनले अर्धशतकको योगदान गरे । उनी म्यान अफ दी म्याच भए । १९ बलको सामना गरेका उनले चार चौका र पाँच छक्का प्रहार गरेका थिए । बलिङतर्फ रोयल च्यालेन्जर्स बैंग्लोरका क्रिस ओक्सले तीन र उमेश यादवले दुई विकेट लिए । वाशिङ्गटन सुन्दरले एक विकेट लिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू