अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०९ | Colorodo: 21:24

प्रधानमन्त्री ओलीद्वारा वीर अस्पतालको सर्जिकल भवन शिलान्यास

बिआरटीनेपाल २०७४ फागुन २५ गते ०:२३ मा प्रकाशित

प्रधानमन्त्री के पी शर्मा ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई पनि नछोड्ने बताउनु भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको सर्जिकल भवन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले विकासमा फड्को मार्न सबै क्षेत्रको पूर्वाधार तीब्र गतिमा गर्नुपर्ने बताउनु भयो ।

साधन, स्रोत, उपकरण र दक्षतामा गुणस्तरीयता कायम गर्ने कुरामा कुनै सम्झौता नगरिने पनि प्रधानमन्त्री ओलीको भनाई छ ।

उपचारका लागि नेपाललाई अन्तर्राष्ट्रिय हबका रुपमा विकास गर्न सकिने बताउँदै विशिष्टिकृत सेवामा कुनै कमीकमजोरी नगर्न उहाँको आग्रह छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू