अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३४ | Colorodo: 21:49

पथरीमा साहित्यिक श्रृंखला सुरु

बिआरटीनेपाल २०७४ फागुन ५ गते ३:२८ मा प्रकाशित

एकताका पूर्वमै साहित्यिक गतिविधिमा सक्रिय मोरङको पथरीशनिश्चरे क्षेत्रको साहित्यिक प्रभावलाई पुनर्जागृत गराउन मासिक गोष्ठी सुरु गरिएको छ ।

नगरका लागि साझा सृजनशिल संस्थाका रुपमा खडा भएको एभरेष्ट आर्ट फ्यूजनको आयोजनामा साहित्यिक गतिविधिलाई पुनर्जागृत गराउन प्रत्येक महिनाको पहिलो शुक्रवार दिउँसो मासिक साहित्यिक श्रृंखला अघि बढेको हो ।

पथरीको मनोहर पार्कमा आयोजित पहिलो श्रृंखलामा फ्यूजनका सल्लाहकार भूपेन्द्र तिम्सिना, संस्थापक अध्यक्ष एवम् प्रसिद्ध चित्रकार सरोजा खड्गी, अध्यक्ष एवम् कलाकार टीकाराम राई, महासचिव साहित्यकार सुमन राई सहितले आआफ्ना प्रस्तुति दिनुभयो ।

सर्जकहरु, इन्दिरा नेपाल, देव गुरुङ, राजेन्द्र भट्टराई, निर्मला विक, वुद्धिमान धिमाल, पिङ्की राई सहितले कविता, गजल र गीत प्रस्तुत गर्नुभयो ।

सो अवसरमा हालै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको इटहरीको कार्यक्रमबाट सम्मानित फ्यूजनका अध्यक्ष टीकाराम राईलाई वधाई ज्ञापन गरिएको थियो ।

अवको श्रृंखलामा रचनामाथि समीक्षा समेत गरी प्रभावकारी सृजनामार्फत नगरको सृजनात्मक पहिचान वनाउने लक्ष्य राखिएको कार्यक्रम संयोजक सुमन राईले जनाउनु भयो । संस्थाले फागुनको अन्तिम साता माटोको सजावटका सामग्री निर्माण गर्ने सेरामिक तालिम गर्ने समेत उहाँले वताउनु भयो ।

संस्थाले सृजनाको महत्वलाई उजागर गर्न नगरमा कलात्मक फ्यूजन पार्कको अवधारणा अघि सार्दै नगरपालिका कार्यालयमा विस्तृत योजना समेत पेश गरेको छ ।

(�

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू