अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४० | Colorodo: 00:55

‘अनेसास’द्वारा निबन्धकार युवराज नयाँघरे अष्ट्रेलियामा सम्मानित

बिआरटीनेपाल २०७४ मंसिर ४ गते ६:२९ मा प्रकाशित

अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स च्याप्टरले निबन्धकार युवराज नयाँघरेलाई सम्मान गरेको छ । सिड्नीमा एक विशेष साहित्यिक समारोहको आयोजना गरि च्याप्टरकी अध्यक्ष सानु घिमिरेले निबन्धकार युवराज नयाँघरे तथा कवि एवम् गीतकार रेशमलाल श्रेष्ठलाई सम्मान गरेकी हुन् ।

समारोहमा च्याप्टरका संस्थापक अध्यक्ष भीमसेन सापकोटा, महासचिव महेश्वर शर्मा, एनआरएनका डिला खरेल, गायिका सुजाता के.सी., भुषण रोक्का, नन्द गुरुङ, दिव्याश्री क्षेत्री, कृष्ण प्रधान लगायतले नेपाली साहित्य र सिड्नीको सिजज्र्ञनात्मक वातावरण बारे बिचार ब्यक्त गरेका थिए । 

मन्तव्यको क्रममा अष्टे«लियाली प्रधानमन्त्रीका सल्लाहकार समूहका एक सदस्य विजय सापकोटाले नेपाली समाजका लागि आफू जे जस्तो सहयोग गर्न पनि तयार रहेको धारणा व्यक्त गरेकी थिईन् भने सानु घिमिरे, महेश्वर शर्मा, सुरेन्द्र दवाडी, ममता घिमिरे, रेशमलाल श्रेष्ठ, यज्ञ अधिकारी र टेकेन्द्र पौडेलले कविता, गीत र गजल प्रस्तुत गरेका थिए ।


सम्मानित व्यक्तित्व निबन्धकार युवराज नयाँघरेले नेपाली भाषा र साहित्यमा सिड्नीका स्रष्टाहरुको प्रशंसा गर्दै अझ गतिशील र सक्रिय रहन अनुरोध गर्दै भने  ‘अष्ट्रेलियाली नेपाली समाजका सबै पक्षलाई साहित्यमा लेखिदिनुभएमा आउँदो पुस्ताका लागि त्यो सुन्दर दस्तावेज हुनेछ ।’

अत्यन्तै सुन्दर र भव्यरुपमा सम्पन्न भएको समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू