अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 00:48

बाँकेमा चुनावी सरगर्मी-उम्मेद्वारहरु घरदैलौ अभियानमा

बिआरटीनेपाल २०७४ मंसिर १ गते २:३२ मा प्रकाशित

 

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको कार्तिक २८ गते भएको नेपालगञ्ज आगमन र कार्यकर्ताको भेटघाटपछि बाँकेको चुनावी माहौल तात्दै गएको छ । अहिले उम्मेद्वारहरुले घरदैलो अभियानलाई गति दिन थालेका छन् ।

प्रधानमन्त्रीको निर्देशन बमोजिम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई विजयी बनाएर आगामी प्रतिनिधि तथा प्रदेश सभामा गठबन्धनलाई बहुमतमा पुर्याउन कांग्रेस कार्यकर्ताहरु लागिपरेका छन् ।

यसै क्रममा कांग्रेसबाट प्रतिनिधिसभामा क्षेत्र ३ का उम्मेद्वार वादशाह कुर्मीले खजुरा गाउँपालिकाबाट चुनावी प्रचार थाल्नुभएको छ । सो गाउँपालिकाको वडा नं ३ धौलागिरी पुग्नुभएका पूर्व सांसद कुर्मीले विगतमा संविधान निर्माणमा समय दिनुपरेकोले समग्र विकासमा ध्यान दिन बाँकी रहेको बताउदै यस पटक निर्वाचित भएपछि पुरै समय बाँकेको विकासमा लगाउने बताउनु भयो ।

प्रचारका क्रममा क्षेत्र नम्वर ३ प्रदेशसभा (ख) का उम्मेद्वार लक्ष्मीनारायण शाहले काँग्रेस नेतृत्वको लोकतान्त्रिक प्यानललाई विजयी बनाए मात्र मुलुकमा विकासले गति लिएर र सम्बृद्धि हासिल हुने बताउनुभयो ।

उहाँहरुले आफूहरुले जितेमा सडक, विजुली, खानेपानी, सिंचाई, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिनिधि सभाका उम्मेद्वार कुर्मीले च्यामा, गनापुर, उढरापुर र मनकामनामा विहीबार घरदैलो गरिएको बताउनुभयो ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधबराम खत्री, प्रदेश सभाका उम्मेदवारद्वय शरदचन्द्र बर्मा र नारायण गौडेलले पनि घरदैलो र कोणसभा गरेर प्रचारलाई तीब्र बनाउनुु भएको छ ।

बजार क्षेत्र समेटिएको क्षेत्र नम्बर २ मा पनि लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार ओमप्रकाश आजाद र प्रदेश सभाका उम्मेदवारद्वय निरन्जनसिंह सिंजापति र सुरेन्द्र हमालले पनि प्रचारप्रसारलाई पनि तिब्रता दिएको कांग्रेस बाँकेका सचिव तप्त पौडेलले बताउनुभयो ।

बाँकेका मतदाताहरुले पक्की सडक, भरपर्दो विजुली, स्वच्छ खानेपानीको माग राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू