अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०९ | Colorodo: 09:24

न्यूह्यामसायरमा देवकोटा जयन्ती सम्पन्न

बिआरटीनेपाल २०७४ कार्तिक ८ गते २२:५७ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूह्यामसायर च्याप्टरले महाकवि लक्ष्मीप्रसाद देबकोटाको १०९औं जन्म जयन्ती तथा संस्थाको चौथो वार्षिक साधारण सभा विविध कार्यक्रम आयोजना गरी मनाएको छ । कार्यक्रम पुरानो कार्य समितिको बिदाइ र नयाकार्य समितिको सपथ ग्रहण तथा अन्य विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।

वरिष्ठ साहित्यकार केदारनाथ खनालकोको प्रमुख आतिथ्य तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका माहासचिब गोवर्धन पूजाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रमको दुई चरणको कार्यक्रमको सभापतित्व क्रमशः: च्याप्टरका निवर्तमान अध्यक्ष अग्नि प्रसाद पराजुली र नव निर्वाचित अध्यक्ष कृष्ण गिरीले गर्नु भएको थियो | च्याप्टरका प्रधान सम्पादक ईश्वरी भट्ट द्वारा सञ्चालित उक्त कार्यक्रममा च्याप्टरका च्याप्टरको वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पेस गरिएको थियो |

महाकवि देवकोटाको तस्बिरमा माल्यार्पण गरी सुरु भएको उक्त कार्यक्रममा कृष्णकुमार गिरी, निगम रिमाल, कृष्णप्रसाद कडरिया, तुलसी आचार्य, लालगोपाल सुवेदी, अग्नी पराजुली, हरिमॉया अधिकारी, ईश्वरी भट्ट, रामचन्द्र भण्डारी, कृष्णमाया सुवेदी, इन्दिरा दंगाल, दीपा राई पुन, अनु शाह, डा. पुष्प जोशी, पुरानाघरेलगायतले कविता वाचन गरेका थिए |

प्रमुख अतिथि केदारनाथ खनाल र विशेष अतिथि केन्द्रीय महासचिव गोवर्धन पूजाले शुभकामना मन्तव्य दिनु भएको उक्त कार्यक्रममा आमा समूहले भजन, वालिका अन्या बैध्यले नृत्य, स्तुति खतिवडाले गीत, प्रेमसागर खतिवडाले हार्मोनियम बजाएर कार्यक्रमलाई प्रभावकारी बनाउनु भएको थियो |

कार्यक्रममा सफत ग्रहण गरेको कृष्णकुमार गिरीको अध्यक्षतामा गठित ११ सदस्यीय नयाँ कार्यसमितिमा हरिमाया अधिकारी (उपाध्यक्ष ), तुलसी आचार्य (महासचिव), रवि पाठक (सचिव)
दर्पण किरॉत राई (कोषाध्यक्ष), सुस्मीता पौड्याल (सह-कोषाध्यक्ष) र सदस्यहरूमा निगम रिमाल, कृष्णप्रसाद कडरिया, टंक सुवेदी, प्रदीप सिटौला र हरिकुमारी गुरूड॰ निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू