अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५२ | Colorodo: 06:07

‘ए’ डिभिजन लिग- रेलिगेशन निश्चित भएपछि खुमलटारको ‘रडाको’

बिआरटीनेपाल २०८० जेठ २६ गते ६:३७ मा प्रकाशित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको रेलिगेशनका लागि महत्वपूर्ण मानिएको शुक्रबारको खेलमा खुमलटार युथ क्लब र चर्च ब्वाइज युनाइटेड विचको खेल  तनावपूर्ण बनेको छ। शीर्ष स्थानको चर्च ब्वाइजलाई हराउन सकेमात्र अङ्क तालिकाको पुछारमा रहेको खुमलटारको रेलिगेशनबाट जोगिने झिनो सम्भावना बाँकी रहन्थ्यो तर खेलमा २-० ले पछि परेको अवस्थामा खुमलटार आक्रमक देखिंदै रेफ्रीमाथि खनिन्दा खेल तनावपूर्ण बनेको हो।

खुमलटारको आक्रामक बेन्चका अफिसियलहरु असन्तुष्ट बन्दै रेफ्रि विरुद्ध हातपातमानै उत्रिंदा मैदानमा रडाको मचिएको थियो। चर्च ब्वाइज र खुमलटारको खेलमा रेफ्री प्रज्वल क्षेत्रीमाथि अफिसियलहरु खनिएका थिए। खेलको २१औँ मिनेटमा एरिक बिष्टको फ्रि-किकमा सुनिल साहले गोल गर्दै विजेता चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए। राजीव लोप्चनले अञ्जन बिष्टलाई खराब ट्याकल गर्दा चर्च ब्वाइजले फ्रिकिक पाएको थियो जसलाई साहले गोलमा परिणत गरे। २६औँ मिनेटमा मेसुके ओलोमोउले पेनाल्टीमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफको इन्जुरी समयमा मैदान रणमैदानमा परिणत भएको थियो।

पहिलो हाफको इन्ज्युरी समयमा खुमलटारका अफिसियलहरु आफै झगडामा उत्रिंदा खेल तनावपूर्ण बन्यो। खुमलटारका अफिसियलहरुले दुई पटक ह्याण्डबल भएको र नदिएको भन्दै आक्रामक बनेका थिए। उनीहरु रेफ्रिमाथिनै हातपातमा उत्रिन पुगेका थिए। त्यसपछि रेफ्रिले तीनजना अफिसियललाई रेडकार्ड देखाए। रेडकार्ड पाएपछि खुमलटारका अफिसियल थप उग्र बनेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू