अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१५ | Colorodo: 16:30

कीर्तिमानी हिम आरोही सञ्जय पण्डितको अमेरिकाको अलास्का राज्यमा मृत्यु

बिआरटीनेपाल २०७४ असार ४ गते १०:१६ मा प्रकाशित

अलस्का, कीर्तिमानी हिम आरोही तथा अल्ट्रा धावक सञ्जय पण्डितको अमेरिकाको अलास्का राज्यमा मृत्यु भएको छ । अमेरिकाको अलास्काको डेनाली माउन्ट आरोहणका क्रममा हाई अल्टच्युडका कारण मृत्यु भएको दूतावासका प्रवक्ता जिबन प्रकाश श्रेष्ठले जानकारी दिएका छन । पण्डित प्युठानमा जन्मिएका थिए । पुर्वान्चल युनिभर्सिटीबाट फाइनान्समा एम बि ए गरेका पन्डितको बिहे भएको दुई वर्ष मात्र भएको थियो । 

दूतावासका प्रवक्ता जिबन प्रकाश श्रेष्ठका अनुसार अलास्का राज्यको डेनाली नेशनलपार्क स्थित ६ हजार १ सय ९० मिटर अग्लो उक्त हिमाल आरोहणका क्रममा पण्डितको शुक्रवार निधन भएको हो । पण्डितले सगरमाथा सहित नेपालका आधा दर्जन भन्दा बढी हिमाल र विश्वका थुप्रै हिमालको सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।  

नेपाली दूतावासले खराब मौसमका कारण उनको शव ल्याउन कठिन भएको र मौसमले साथ दिए २ दिन भित्रमा नेपाल पठाइने जनाएको छ ।अलास्का राज्यको डेनाली नेशनलपार्कस्थित सो हिमाल आरोहरणका गर्न गएका उनको शुक्रवार मृत्यु भएको हो। सर्वोच्च शिखर सगरमाथा सहित मनास्लु, अष्ट्रिेलियाको सर्वोच्च शिखर माउण्ट कोजियस्को उल्टो हिँडेर, किलिमन्जारो, युरोपको एलव्रस लगायत हिमालको सफल आरोहण गरेका थिए । नेपालका आधा दर्जनभन्दा बढी हिमाल चढेका उनी ६ हजार १९० फिटको हिमाल आरोहण गर्दै थिए । 

 

प्रतिक्रिया