अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

विश्वकपमा आज समूह ‘एच’ र ‘जी’ का चार खेल हुने

बिआरटीनेपाल २०७९ मंसिर १६ गते ५:०७ मा प्रकाशित

कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह चरणका खेलहरु आज शुक्रबारबाट सकिंदै छन् । शुक्रबार समूह ‘जी’ र ‘एच’ का दुई/दुई खेलहरु हुनेछन् । यी खेलहरू पछि प्रतियोगिताबाट नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो पनि लाग्नेछन् ।

शुक्रबार राति पौने ९ बजे सुरु हुने खेलहरुमा समूह ‘एच’ का घाना र उरुग्वे तथा दक्षिण कोरिया र पोर्चुगल भिड्नेछन् । यो समूहमा दुई खेलबाट ६ अंक जोडेको पोर्चुगल नकआउट चरणमा पुगिसकेको छ । घानाको ३ अंक छ भने दक्षिण कोरिया र उरुग्वेको १/१ अंक छ ।

शुक्रबार राति पौने १ बजे हुने खेलहरुमा समूह ‘जी’ का क्यामरुन र ब्राजिल तथा सर्बिया र स्विटजरल्याण्ड भिड्नेछन् । दुई खेलबाट ६ अंक जोडेको ब्राजिल नकआउट चरणमा पुगिसकेको छ । स्विट्जरल्याण्डको ३ अंक छ भने क्यामरुन र सर्बियाको १/१ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू