अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५६ | Colorodo: 18:11

राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्न संघको अनुमति चाहिने

बिआरटीनेपाल २०७९ असोज १८ गते ६:२२ मा प्रकाशित

राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्नका लागि नेपाल भलिबल संघ (एन.भी.ए) को अनुमति चाहिने भएको छ ।

नेपाल भलिबल संघले सोमबार सामाजिक संजाल फेसबुकमार्फत एक विज्ञप्ति जारी गर्दै  यस्तो बताएको हो । राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि संघको अनुमति लिनुपर्ने जनाएको छ । संघले प्रतियोगिताको मिति संघसँगको परामर्श र सहमतिमा तय गर्नुपर्ने समेत  बताएको छ ।

संघले कुनै पनि क्लब वा संस्थाले बिना जानकारी एन.भीए.को लोगो राखेमा वा नाम उल्लेख गरेमा कारबाही गरिने र संघको कुनै पनि गतिविधिमा भाग लिन नपाईने गरि प्रतिबन्ध गरिने जनाएको छ । संघले राष्ट्रिय खेलाडीहरूलाई एन.भी.एले मान्यता नदिएको प्रतियोगिता नखेल्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू