अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३८ | Colorodo: 00:53

नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ वटा टिमको नाम सार्वजनिक

बिआरटीनेपाल २०७९ जेठ ११ गते ७:५७ मा प्रकाशित

नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ वटा टिमको नाम सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानको बोर्ड बैठकले प्रतियोगिता खेल्ने ६ टिमको नाममा निर्णय गरेको छ । कार्यवहाक सचिव प्रशान्त मल्लका अनुसार नेपाल टी–ट्वान्टी लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिएको छ ।

क्यानले जेठ ४ गते पत्रकार सम्मेलन गर्दै आफ्नै आयोजनामा सञ्चालन हुने फ्रेन्चाईज प्रतियोगिताको औपचारिक घोषणा गरेको थियो । प्रतियोगिताको पहिलो संस्करणमा ६ टिम हुने बताईएको थियो । क्यानले आज एक विज्ञप्ति मार्फत प्रतियोगितामा सहभागी हुने टिमको नाम सार्वजनीक गरेको हो । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने क्यानले जानकारी गराईसकेको छ ।

यस्तै, बैठकले अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाईज लिगले पुर्याएको योगदानको कदर सहित धन्यवाद दिँदै अन्य कुनैपनि लिगलाई राष्ट्रिय मान्यता नदिने प्रस्ट पारेको छ । साथै क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा भने अनुमती दिन सकिने क्यानले जनाएको छ । यो निर्णयसँगै नेपालमा सञ्चालमा रहेको एभरेस्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिग जस्ता फ्रेन्चाईज प्रतियोगिताले पुरानै संरचनामा प्रतियोगिता गर्न नपाउने भएका छन् । बैठकले २०२२ अप्रिल १ गतेबाट लागु हुने गरी राष्ट्रिय क्रिकेट टिमका खेलाडी, मैदान कर्मचारी, मैदान सहयोगी र पिच क्युरेटरको मासिक पारिश्रमिकमा वृद्धि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू