अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४५ | Colorodo: 00:00

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा सुधारवादी नेता राजेन्द्र लिङ्देन विजयी

कृष्ण के.सी. २०७८ मंसिर १८ गते १९:४९ मा प्रकाशित

डिसेम्बर ४, २०२१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी कमल थापालाई २२७ मतले पछि पार्दै राजेन्द्र लिङ्देन विजयी भएका छन्।

लिङ्देनले १,८४४ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी कमल थापाले १,६१७ मत प्राप्त गरेका र ४३१ मत बदर भएको जनाइएको छ। लिङ्गदेन सुधारवादी युवा नेता हुन्।

परिणाम पछि अध्यक्षका प्रत्याशी कमल थापाले आफ्नो हार स्वीकार गर्दै राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन्। प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ट्विट गरेका छन् ।