अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५० | Colorodo: 13:05

राष्ट्रिय महिला क्रिकेट टिमको बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट, प्रशिक्षण कार्तिक ३ गतेबाट

बिआरटीनेपाल २०७८ असोज ३० गते ५:४० मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडी चयन गरेको छ ।आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकपको एसियाली छनोटका लागि क्यानले आज अन्तिम चरणको प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरिएको जनाएको छ ।

क्यानले रुबिना क्षेत्रीको कप्तानीमा खेलाडी छनोट गरेको हो । क्यानले टिमको अन्तिम चरणको बन्द प्रशिक्षण कार्तिक ३ गतेबाट सुरु हुने जनाएको छ । बन्द प्रशिक्षण काठमाडौंमा हुनेछ । युएईमा आयोजना हुने एसियाली छनोट आगामी नोभम्बरमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू