अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 23:43

ह्वात्तै घट्यो सुनको मूल्य

बिआरटीनेपाल २०७८ असोज १ गते ७:५१ मा प्रकाशित

नेपाली बजारमा आज सुनको मुल्य प्रतितोला १४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ८९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुनको मूल्य ९० हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको प्रतितोला मूल्य आज ८८ हजार ६ सय ५० कायम भएको छ ।

४ दिनदेखि स्थिर रहेको चाँदीको मूल्य आज भने घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँ घटेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू